आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

उपराष्ट्रपति पदमा जसपाबाट दुईजना उम्मेदवार

उपराष्ट्रपति पदमा जसपाबाट दुईजना उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जनाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका हुन् ।

माओवादी र नेकपा एसका नेताहरुको साथमा पुगेका रामसहाय यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् भने समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहेका छन् ।

यस्तै प्रमिला यादवको प्रस्तावकमा प्रमिला यादवको प्रस्तावक स् मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव  र समर्थकमा  अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन् ।

सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद भवन पुगेकी छन् ।