आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

कल्पनाको अभियानः बालविवाहमुक्त ललितपुरका लागि हाइकिङ

कल्पनाको अभियानः बालविवाहमुक्त ललितपुरका लागि हाइकिङ

ललितपुर । सगरमाथा आरोही तथा पत्रकार कल्पना महर्जनले ललितपुरमा बालविबाहको रोकथामका लागि हाइकिङ अभियान थालेकी छिन् । सोही अभियान अन्तर्गत बुधबार हाइकिङको उदघाटन चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ललितपुरको सुनाकोठीस्थित मदरगंगा प्रिस्कुल नजिकैको चोकमा गरेका थिए । उक्त हाइकिङ सफल महिला समूह र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा भएको हो ।

हाइकिङ दक्षिण ललितपुरको गुप्तेश्वर महादेवबाट सुरु भएको थियो । त्यहाँंबाट कन्ज्योसोम निस्केर समापन भएको थियो । हाइकिङमा सहभागीहरुलाई ललितपुरको लेले टिकाभैरबमा पुगेपछि लेले महिला समूहले स्वागत गरिएको थियो। यसक्रममा आगामी दिनमा लेले महिला समूहले पनि साथ दिने जनाइएको छ । यसका लागि सहकार्य गरी अगाडि बढने जनाइएको छ । हाइकिङ दुई तीन घण्टा चलेको थियो । हाइकिङमा विभिन्न क्षेत्रका चार दर्जन बढी महिला पुरुष सहभागी थिए ।  

मेक नेपाल अ चाइल्ड म्यारिज फ्रि नेशन (नेपाललाई बालविवाहमुक्त गर्ने अभियान) को रुपमा हाइकिङ थालिएको हो । पहिलो पटक ललितपुरलाई बालविवाहमुक्त बनाउने अभियानसहित ललितपुरबाट अभियान थालिएको अभियानकर्ता एवं उतरी र दक्षिणी मोहदाबाट सर्वप्रथम हिमाल आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बताइन् । बालविवाहमुक्त अभियान अन्तर्गत अवदेखि हरेक महिना फरकफरक ठाउँंमा यस प्रकारको हरेक महिना बालविवाह रोकथाम अभियान अन्तगर्त हाइकिंग हुने जनाइएको छ ।