संसद् बैठक बस्दै, टीआरसी विधेयक पेस गरिँदै
काठमाडौं । सरकारले संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक आज सदनमा पेस गर्दैछ । संसद् बैठक दिउँसो १ बजे बोलाइएको छ ।
कानूनमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने भएका हुन् ।
प्रचण्डविरुद्ध फौजदारी अभियोगको मागसहित सर्वोच्चमा मुद्दा दर्ता भएपछि सरकारले टीआरसी विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो ।
बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले एकमतका साथ टीआरसी विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसदीय समितिमा छलफल गराएर मात्र यसलाई अघि बढाउन नहुने अडानमा छ ।
आजको बैठकका लागि ८ वटा सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया