नेकपा एसको सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा पार्टीको ५४ औं सचिवालय बैठक बसिरहेको हो ।
सरकारमा जाने निर्णय गरिसकेको नेकपा एसले आफूले लिने मन्त्रालयसहित पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने जनाइएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
नेकपा एसले गृहसहित आफूले रोजेको तीन मन्त्रालय पाउनुपर्ने बताउँदै आइरहेको छ ।
प्रतिक्रिया