शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

आज मेघ गर्जनसहित वर्षाको सम्भावना

आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकीभू–भागमा मौसम सामान्यतया सफा छ ।