सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन ।
आज बस्ने बैठकले मुख्यतः मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।
सम्भवतस् आज नै बैठकमा भागबण्डा टुग्याएर सरकार विस्तारको प्रक्रिया सुरु हुनेछ छ ।
प्रतिक्रिया