शुक्रबार २३ फागुन, २०८१ | Friday, March 07, 2025

आज चैते दशैं मनाईदै

आज चैते दशैं मनाईदै

काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देशभरिका शक्तिपीठहरुमा देवीको पूजा आराधना गरी चैते दशैं मनाईंदैछ । आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं असोज–कार्तिकमा पनि मनाइने गरिन्छ ।

हिन्दूधर्मावलम्बीहरुले असोज(कार्तिकको दशैंलाई बडादशैंको रूपमा मनाउने गरेका छन् । चैत शुक्ल अष्टमीमा मनाइने दशैंलाई चैते दशैंका रूपमा मनाउने गरिएको छ ।

चैते दशैंका दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।