सुर्खेत पुगेर एमाले उपमहासचिव गुरुङले भने, ‘दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकासको कुनै सम्भावना छैन’
सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकाशको कुनै सम्भावना नरहेको बताएका छन् ।मङ्गलवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले यही गठबन्धनका कारण नेपालको भूराजनीतिक र कूटनीतिक सम्बन्ध जटिल बन्दै गएको बताए ।
उनले भने, ‘दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको र नेपालको भूराजनीतिक कूटनैतिक सम्बन्ध अवस्था अझै जटिल बन्दै गइरहेको छ । सरकारले आर्थिक, सामाजिक, कूटनैतिक क्षेत्रमा हामी सबै जुट्नु पर्ने र मुलुकलाई सही दिशामा लाग्नु पर्ने आजको आवश्यकता रहेको छ ।’
सरकारले आफ्नो हनिमुन पिरियड मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना गरे । उनले कर्णाली सरकारलाई विश्वासको मत दिनु विशेष परिस्थिति भएको बताएका छन् ।
राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलनमा हुने भन्दै उनले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको विषय भएको बताएका हुन् । एक फरक प्रसङ्गमा उनले एमाले नेता भीम रावलसँग संवाद भइरहेको बताए ।
ग्रासरुट अभियान, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उनले गरेको असहयोगका बारेमा छानबिन पनि भइरहेका उनले बताए ।
प्रतिक्रिया