विवादित क्रसर नाइके शशी शाहीको अर्काे घिनलाग्दो हर्कत, क्रसरले धुलो उडायो भन्दै गुनासो गर्ने छिमेकीलाई निर्घात कुटाए

ललितपुर ।
ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापमा क्रसरले धुलो उडाएको विषयमा गुनासो गर्दा स्थानीय कुटिएका छन् । सजिलो रोडा ढुंगा उद्योग सञ्चालक शशी शाही रहेको क्रसरबाट अत्याधिक धूलो उडेपछि स्थानीयले पानी हाल्न आग्रह गरेको थियो । शाहीले आफ्नो क्रसरमा काम गर्ने युवकलाई परिचालन गरेर निर्घात कुटपिट गर्न लगाएका हुन् ।
उनले स्थानीय जयराम महर्जनलाई हिजो बिहीबार विहान निर्घात कुटाएका थिए । उनलाई हाल नेपाल मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ । उनलाई समिर तामाङ र मंगर लामालाई कुट्न अह्राएका थिए । महर्जनको उक्त क्रसर नजिकै घर र कुखुराको फर्म रहेको र क्रसरको धूलोले गर्दा समस्यामा पारेको भन्दै समस्या समाधान गर्न गुनासो गरेका थिए । त्यसपछि शाहीले ती युवकहरुलाई कुट्न पठाएको स्थानीयहरु बताउँछन् ।
महर्जनका श्रीमतीले उनीहरुविरुद्ध प्रहरी परिषर जवलाखेलमा किटानी जाहेरी दिएका छन् । कुटपिट गर्ने समिर परिषर प्रहरीको नियन्त्रणमा छ भने अर्काे मंगर भने फरार रहेको र उनको खोजी कार्य तीब्र भईरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कानुन बमोजिम कारबाही हुने ललितपुर प्रहरीले जनाएको छ ।
शाही आफैमा विवादित मानिस यो मात्रै उनको पहिलो हर्कत होइन । आफ्ना कामदारलाई उक्साएर स्थानीयलाई कुटपिट गर्ने हर्कत उनले यसअघि पनि पटक पटक देखाएका थिए । यसअघि उनले आफ्ना कामदार उही समिरलाई उक्साएर अर्का क्रसर उद्योगी सुदर्सन विष्ट (सुदरे) लाई निर्घाट कुटपिट गरी बेहोस बनाएर गाडी मुनी पारेर राखेका थिए । त्यसभन्दा अघि मच्छिन्द्र मल्टिपर्पाेज नामक क्रसरका उद्योगी केदार तिमल्सिनाका ६६ वर्षीय वृद्ध बुवालाई निर्घाट कुटपिट गर्न लगाएका थिए ।
शाहीले यसरी आफ्नो व्यवसायमा समस्या पार्ने जोकोही विरुद्ध पनि यस्तै हर्कत देखाउँदै आईरहेका छन् । यस्तै उद्योगी सुदरे र केदारलाई पनि व्यवसायीय रिसीबी साँधेका थिए शाहीले । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पुत्र दिपेश निकट रहेको भनिएका शाहीले यस्तै भन्सुन शक्ति देखाएर डुकुछाप क्षेत्रमा क्रसरको नाममा गुण्डाराज चल्दै आईरहेको छ । उनको गुण्डाराज यो सम्म कि, उनले हालसम्म कुटपिट भएको घटनामा कुनै कारबाही भएको देखिदैन ।
उनले यस्तै भन्सुनी शक्तिको आडमा गुण्डा राज गर्दै स्थानीयलाई तर्साउँदै कुटाउँदै अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरिरहेका छन् । उनले डुकुछाप, देविचौरमा अवैध रुपमा ढुंगा खानी सञ्चालन गर्दै आईरहेका छन् । उनको क्रसर र ढुंगा खानी सार्वजनिक, सामुदायिक वन र पाखामा रहेको छ । उनले राजश्व समेत छली गरेको भन्दै अख्तियार र राजश्व अनुसन्धानले अनुसन्धान सुरु गरेको छ ।

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

प्रतिक्रिया