शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ।व। २०७८÷०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८र०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८र०७९ पेस गर्नेछन् ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल ९पार्वती० ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६,०७६र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन०, विधेयक, २०७६, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७६, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव, भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।