शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

ढाका–प्रसाईँ अडिओ प्रकरणः ‘अनुसन्धानबाट पुष्टि भए कारबाही हुन्छ’, गृहमन्त्री

ढाका–प्रसाईँ अडिओ प्रकरणः ‘अनुसन्धानबाट पुष्टि भए कारबाही हुन्छ’, गृहमन्त्री

 

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडिओको अनुसन्धान हुने बताएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै प्रमाणित भए कारबाही हुने बताए ।

उनले भने, दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक प्रक्रियाबाट निष्कर्षमा पुगिसकेका छैनौँ । अनुसन्धानबाट जे पुष्टि हुन्छ । त्यही अनुसार हुन्छ ।’

बाहिरिएको अडिओका बारेमा सम्बन्धित पार्टीका नेताहरूले पहिले आफू प्रष्ट हुनुपर्ने आवश्यकता रहेको उनले बताए

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ मन्त्री बन्नका लागि आफूसँग पैसा मागिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सहयोग गर्न आग्रह गरेको भनिएको अडियो सार्वजनिक भएको छ ।

सो अडिओमा श्रेष्ठले प्रसाईँसँग २ करोड मागेका छन् । श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई सो रकम बुझाउनुपर्ने भन्दै उनीसँग पैसा मागेको अडिओमा सुनिन्छ ।