शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

२०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रधानमन्त्रीको उद्घोष

२०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रधानमन्त्रीको उद्घोष

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रण गरेका छन् । नयाँ वर्ष २०८०को अवसरमा देश विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस्तो प्रण गरेका हुन् ।

उनले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने बताए । उनले शुभकामना सन्देशमा भनेका छन्,‘ मलाई विश्वास छ, नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ । यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’