राष्ट्रपति पौडेल अचानक बेहोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएका छन् । मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । मन्त्रिपरिषद बैठकलगत्तै उपप्रधानमन्त्री पुर्णवहादुर खड्कालाई स्वास्थ्य अवस्था बुझेर थप उपचारका लागि के गर्ने भन्ने डाक्टरहरुसँग परामर्श गर्न अस्पताल पठाइएको छ ।
प्रतिक्रिया