पुरानो बसपार्कको प्रहरी बिटमा महानगरको डोजर चल्यो
काठमाडौं । काठमाडौं महानगरले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्काएको छ ।
सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध संरचना हटाउने क्रममा महानगरले डोजर लगाएर संरचना भत्काएको हो । यसअघि मैतीदेवी चेकमा सडक मिचेर बनाइएको प्रहरी बिट पनि भत्काइएको थियो ।
अवैध रूपमा बनाइएका संरचना हटाउन महानगरले पटकपटक ताकेता गरिरहेको छ । अटेर गरेपछि महानगर आफैँले डोजर प्रयोग गरी त्यस्ता संरचना हटाउँदै आएको छ ।
प्रतिक्रिया