शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

बाजुराको दहकोट केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुराको दहकोट केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुरा । बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ बजेर ३० मिनेट जाँदा ५.९ र राती १ बजेर ५१ मिनेट जाँदा ३ं.९रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ ।

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।