मेयर महर्जनको आदेशमा खानी सञ्चालन, रंगशाला निर्माण अलपत्र
पटक–पटक गरी करोडौं रकम अनियमितता, राजश्व दाखिला नभई खल्ति खल्तिमा

ललितपुर
गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनको आदेशमा वडा नम्बर १० मा धमाधम ढुंगा खानी सञ्चालनमा आएको छ । साविक पूर्ण लालको खानीमा नगरपालिकाले अगाडि सारेको रंगशालालाई समेत अलपत्र पारी अमुक ठेकेदारसँगको मिलेमतोमा ढुंगा उत्खनन गर्दै निकासी समेत भईरहेको छ ।
पटक–पटक गरी यस्तै विधि अपनाएर ढुंगा निकासी गरिरहेको छ । विगत ७ वर्षअघि योजना अगाडि सारे पनि रंगशाला निर्माण भन्दा पनि ढुंगा उत्खनन र अवैध निकासीमा नगरप्रमुखले गिद्धे नजर लगारहेका छन् ।
अनियमितता गर्नकै लागि मेयर महर्जनले उपभोक्ता समिति गठन गर्ने गरिएको र समितीको आवरणमा अमुक ठेकेदारसँग मिलेमतो गरी ढुंगा उत्खनन र निकासी गरिरहेको छ । यसअघि लालिगुराँस निर्माण सेवा, र यसपटक गौतम कनसल्ट्यान्ट एण्ड कन्स्ट्रक्सनलाई दिईएको छ । उक्त कन्स्ट्रक्सनका प्रोपाइटर रमेश गौतम हुन् । रमेश मेयर महर्जनको प्यानलका मानिस हुन् । उनी नेपाली काँग्रेसका ललितपुर क्षेत्र नं १ ख प्रदेशका उपसभापति समेत हुन् ।
उपभोक्ता समिति गठन गरे जस्तो गरेर रंगशाला निर्माण गरे जस्तो गर्ने तर ठेकेदारसँग मिलेमतोमा अनियमितता गर्न यसतो गरिरहेका छन् । यसरी नै नगरपालिकाले रंगशाला बनाउने नाममा पटक–पटक ढुंगा उत्खनन गर्न दिईएको छ ।
रंगशाला बनाउने भन्ने तर पाखाको ढुंगा उत्खनन गरी विक्री निकासी गर्दै रंगशाला निर्माण तिर भने ध्यान नदिएको भन्दै नगरपालिका प्रति तिव्र जनगुनासो आइरहेको छ । पछिल्लो पटक विगत १५ दिनदेखि सोही स्थानमा ढुंगा उत्खनन् गरी निकासी समेत भइरहेको छ । त्यहाँ एउटा ब्रेकर र एउटा स्काभेटर प्रयोग गरिएको छ । ढुंगा बोक्न टिप्परहरु लाईन बसेको देख्न सकिन्छ ।
झ्यालुमटार सामुदायिक वन भित्र पर्ने सो स्थानमा रंगशाला बनाउन वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन स्वीकृत भएको देखिन्छ । तर सो क्षेत्रको भोगाधिकार नगरपालिकालाई अझैसम्म पनि आएको छैन । भोगाधिकार नआएसम्म नगरपालिकाले गरिने सो कार्य गैरकानुनी ठहरिन्छ । तर प्रकृया नै नपुर्याई दिन दहाडै खुलमखुला रुपमा नियम मिचेर यस्तो गतिविधि गर्नुले जनप्रतिनिधि, वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी लगायतको नियतमाथि शंका गर्ने प्रशस्तै देखिन्छ ।
पछिल्लो पटक रंगशाला निर्माणका लागि भन्दै उपभोक्ता समिति गठन गरेको जस्तो देखाउने र त्यसको आवरणमा ढुंगा उत्खनन र निकासीका लागि ठेकेदारलाई जिम्मा लगाई पदको दुरुपयोग गर्दै नगर प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि र वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारीले प्रशस्तमात्रामा लाभ उठाईएको देखिन्छ ।
यसपटक भने गौतम कन्सल्टेन्टस एण्ड कन्स्ट्रक्सन प्रालिको नामको बिल विजक (भ्याट विल) काटिएर सो स्थानको ढुंगा उत्खनन र निकासी भईरहेको छ । जुन कार्य नितान्त गैरकानुनी भएको वनका कर्मचारीहरुनै बताउँछन् । उपभोक्ता समिति गठन भई सम्झौता भएको भनिए पनि कति रकम विनियोजन भएको र कुन समितिसँग सम्झौता भएको भन्ने नगरले अहिलेसम्म भन्न र देखाउन सकेका छैनन ।
सामुदायिक वनका अध्यक्ष श्याम तामाङले आफूहरुलाई नगरपालिकाले पेलेरै योजना अघि सारिएको बताए । ‘प्रक्रिया पुरा गरेर मात्रै काम गर्नु भनेर धेरै भनियो तर नगरप्रमुखले वेवास्ता गर्दै काम अगाडि बढेको छ । ढुंगा यहिँ प्रयोग गर्नु पर्ने हो तर बेचिरहेको छ । हाम्रो केही लागेन ।’, उनले भने ।
वडा अध्यक्ष शेखर न्यौपानेले नगर बोर्डबाट निर्णय गरेर उपभोक्ता समितिमार्फत काम भईरहेको बताए । नगरपालिकाले राजश्व पाउने गरी ढुंगा उत्खनन र निकासी भईरहेको उनको दाबी छ । तर उक्त निकासी कर बाहेक अन्य सबै रकम कस्कोमा जान्छ भन्ने कुनै टुंगो छैन । न्यौपाने हाल पनि सामुदायिक वनका सचिव हुन् । उनी यसअघिको रंगशाला निर्माण उपभोक्ता समितिमा अध्यक्षमा बसेर ढुंगा निकासी गरेका थिए ।नगरका राजश्व प्रमुख श्रीकण्ठ घिमिरेले रंगशालाको ढुंगाबाट अहिलेसम्म कुनै रकम जम्मा नभएको जानकारी दिए ।
त्यहाँ दैनिक ३० देखि ४० टिप टिप्परले ढुंगा निकासी गरिरहेको स्थानीयहरु बताउँछन् । मिनि टिप्परको ५ हजार, भारत बेन्जको ८ हजार र ठूलो टिप्परको ९ हजारमा ढुंगा बिक्री निकासी भईरहेको विलमार्फत देख्न सकिन्छ ।
स्रोतका अनुसार एक टिपको ३ हजारको दरले नगरपालिकामा बुझाउनु पर्ने बुझिएको छ । ३० टिप्पर दिनको गुड्दा ३ हजारको दरले ९० हजार रुपियाँ रकम उठ्छ । सो रकम राजश्व दाखिला भएको अहिलेसम्म देखिँदैन । यसको मतलब सो रकम जनप्रतिनिधि लगायत सेटिङमा संलग्नको खल्तिमा पुग्ने स्रोत बताउँछन् ।
नगरप्रमुख महर्जनले रंगशाला जस्तो महत्वपूर्ण योजनाको काम अघि बढेको सुनाए । उपभोक्ता समितिमार्फत काम भईरहेको उनको दाबी छ । उनले कम्पनीको बिल प्रयोग भएको सम्बन्धमा प्रहरीले रोक्ने भएकोले बिल चलाउनु परेको बताए ।
यता डिभिजन वन कार्यालयका एक वन अधिकृतले वनमा रंगशाला निर्माणका लागि हालसम्म भोगाधिकार प्राप्त नभइसकेकोमा ढुंगा निकासी भइरहेको गलत भएको बताए । उनले भने‘ यो सरासर गलत भयो । अनुसन्धान हुन्छ । मेयर संलग्न देखिए कारबाही समेत हुन्छ ।

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

प्रतिक्रिया