राजकुलो मासेर भूमाफियाले ठडाए पक्की पर्खाल, नगरप्रमुख बने लाचार
भूमाफियाको चंगुलमा नगरप्रशासन, करोडौँ अनियमित भएको आशंका

ललितपुर ।
गोदावरी नगरपालिका–१० स्थित राजकुलो मासेर अवैध प्लटिङ भईरहेको पाईएको छ । टाहाखेलस्थित पेट्रोलपम्प मुनि गरिएको अवैध प्लटिङले राजकुलो मासेको पाइएको हो । त्यहाँ २ वटा प्लटिङले राजकुलोको बीच भागबाटै ठूलो पक्की पर्खाल ठडाइरहेका छन् ।
एउटा ५२ रोपनी र अर्काे २० रोपनी जग्गामा भईरहेको प्लटिङले झण्डै ३ सय मिटर भन्दा बढी लम्बाईमा राजकुलो मासेर पक्की पर्खाल लगाईरहेका छन् । राजकुलोको मापदण्ड छोडेर बनाउनु पर्नेमा राजकुलो नै मासेर राजकुलोको बीचबाटै १५ फिट भन्दा अग्लो पक्की पर्खाल ठडाउँदा समेत नगर पालिकाले नदेखे झैँ गरिरहेको छ । आफँले बनाएको मापदण्ड मिच्दा नगरपालिका लाचार बनेको छ ।
अनुगमन त के त्यहाँ प्लटिङ भईरहेको समेत थाहा नै नपाएको जस्तो मौनता साँधिरहेका छन् जनप्रतिनिधिहरु । राजकुलो संरक्षण समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख गजेन्द्र महर्जन समेत यस विषयमा मुख नखोल्नुले भूमाफियासँग ठूलो रकमको चलखेल भएको छैन भनेर पत्याउन मुस्किल छ ।
५२ रोपनी जग्गा पाटनका राजन र समिर बज्रचार्यको रहेको र त्यहाँ नगर प्रमुख महर्जनका बहिनी ज्वाई राधेश्याम महर्जनसहित विनोद माली, राजन महर्जन, राजेश महर्जनको हिरोहले सेटिङ मिलाएर राजश्व समेत छली गर्दै अवैध रुपमा प्लटिङ गरिरहेको छ । त्यस्तै त्यससँगै जोडिएको २० रोपनी जग्गामा स्थानीय चक्र महर्जन र प्रेम लामाले समेत प्लटिङ गर्दा राजकुलो मिचेको देखिन्छ । उक्त राजकुलोबाट चारघरे, चापागाउँ, ठेचोदेखि सुनाकोठीसम्म हजारौं हेक्टर क्षेत्रफलमा सिंचाइ हुने गर्दछ ।
नगरपालिकाभित्र यत्रोविधि प्लटिङ भइरहँदा मेयर गजेन्द्र महर्जन भने प्लटिङका लागि अहिलेसम्म अनुमति नै नदिएको दाबी गर्छन्। उनी भन्छन्, “कसैलाई पनि प्लटिङको स्वीकृति दिएका छैनौं। जग्गा सम्याएर घर बनाउन मात्रै दिइएको हो। नगरपालिका प्लटिङको अनुमति दिने निकाय नै होइन।”
काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय ललितपुरले मात्रै प्लटिङको अनुमति दिन सक्ने प्रावधान रहेको छ । अन्य निकायबाट अनुमति लिन्छ भने त्यो अवैध नै भएको प्राधिकरणले दाबी गरेको छ । तर यहाँ प्लटिङको नाममा खुलेआम राजकुलो मासिँदा भूमाफियासँग जनप्रतिनिधिको संलग्नता देखिन्छ ।
प्लटिङको लागि सिफारिस दिन वडा अध्यक्ष शेखर न्यौपानेलाई यस विषयमा जवाफ खोज्दा उनले जवाफ दिन सकेका छैनन् । प्लटिङको अनुगमन गर्ने समितिकी संयोजक मुना अधिकारीले त्यस स्थानको तत्काल अनुगमन गरिने बताईन् । तर त्यो प्लटिङको अहिलेदेखि अर्थात आजको भोलि नै भएको होइन । विगत ३ वर्षदेखि त्यहाँ राजकुलो मिचेर पर्खाल बनाउँदा, सार्वजनिक स्थान र सम्पत्ति मासिदा बेखबर हुने जनप्रतिनिधिले पक्कै लेनदेनमा मिलेमतो गरेको देखिन्छ ।
नत्र मापदण्ड विपरित बनाउने संरचना हटाउन पाउने अधिकार बोकेर बसेको नगरप्रशासन र जनप्रतिनिधिको आँखाले देखिनु पर्ने हो । भूमाफियाले छादेको रुई देखेर मुखबाट पानी निल्ने जनप्रतिनिधिका कारण गोदावरी नगरपालिका पुरै भूमाफियाको चंगुलमा फसेको देखिन्छ । प्लटिङको अनुमति नदिएको भन्न सक्ने नगरप्रमुखले नगरभरी पाइला पाइलामा भईरहेको अवैध प्लटिङले राजकुलो मासिँदा, वन मिच्दा, सार्वजनिक सम्पत्ति मिच्दा किन देखेनन् ? प्लटिङमा नगरप्रशासन, नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष लगायत जनप्रतिनिधिको गम्भिर चलखेल प्रष्ट देखिन्छ ।

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

प्रतिक्रिया