बागमती प्रदेश सभा बैठक बस्दै
हेटौंडा । बजेट अधिवेशनको लागि बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते अपराह्न २ बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
असार १ गते हुने बजेट अधिवेशनको विषयमा बैठकमा छलफल हुनेछ । प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।
प्रतिक्रिया