शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

ललितपुरको इमाडोलमा विहानै बस दुर्घटना, १८ जना घाइते

ललितपुरको इमाडोलमा विहानै बस दुर्घटना, १८ जना घाइते

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना भएको छ । आज बिहान ५ बजे लुभुबाट लगनखेल आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका१ इमाडोलको बीच सडकमा पल्टिएको हो ।


बसमा सवार १८ जना घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए । घाइतेहरुलाई उपचारको बी एण्ड बी अस्पताल पुयाइएको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकमा पल्टिएको उनले बताए ।