जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको जीप शुक्रबार बिहान करिब ३ दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।
शहीदलखन गाउँपालिका–३ पात्लेखोलामा प्रदेश ३–०१०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो । गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ ।
प्रतिक्रिया