काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ।
आइतबार आयोजित महानगरको १३औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेस गरेकी हुन्।
जसअन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ।
प्रतिक्रिया