सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।
न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार लिखित जवाफ मागेको हो ।
यसअघि सरकार र अदालतलाई आफूले नमान्ने बरु कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।
प्रतिक्रिया