गोदावरी नगरले साइकल लेन निर्माण गर्ने

ललितपुर ।
ललितपुरको गोदावरी नगरपालिकाले आफ्ना विभिन्न सडकमा साइकल लेन बनाउने तयारी गरेको छ । नगर उपप्रमुख मुना अधिकारीले नगरमा हाल विस्तार गरिएको गोदावरी–चापागाउँ–लेले सडकमा साइकल लेन नीति अवलम्बन गरिने बताईन ।
उनले नगरसभामा प्रस्तुत गरेकी आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रममा उल्लेख गर्दै साइकल लेन बनाउने नीति अवलम्बन गरिने बताईन ।
साथै नगरले वडादेखि वडासम्मको सडक सञ्जाल र पालिकादेखि पालिका जोड्ने सडक सञ्जाल निर्माणको कार्यलाई प्राथमिकता दिइएछ ।
प्रतिक्रिया