सोमबार १५ बैशाख, २०८२ | Monday, April 28, 2025

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।