रातभर बाघ कराएपछि गोदावरीका कृषि प्राविधिक ईश्वर पाण्डे प्रहरी नियन्त्रणमा
ललितपुर । गोदावरी नगरपालिका ८ मा सोमबार रातभर बाघ करायो । आज मंगलबार बिहान पनि करायो । लगातार कराएपछि स्थानिय रातभर निदाउन सकेनन् । स्थानीय त्रसित भए । स्थानीयले प्रहरीलाई खबर गरियो । फर्सीडोल प्रहरी प्रभागको टोली र स्थानीयले त्यो आवाजलाई पछ्याईयो ।
पछि थाहा पाईयो कि त्यो बास्तविक बाघ कराएको नभई स्पिकरमा बाघको आवाज राखेर बजाईरहेका रहेका रहेछन् । त्यो कार्य गर्ने अरु कोही नभएर गोदावरी नगरपालिकाका कृषि प्राविधिक स्थानीय इश्वर पाण्डे रहेछन् । उनलाई प्रहरीले तत्काल पक्राउ गरी चौकी लगियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा बारीमा बाँदरको हुल आएर मकै खाएर क्षती गरेको भन्दै बाँदर धपाउन यस्तो जुक्ति निकालेको पाईयो ।
त्यसपछि उनलाई त्यस्तो कृयाकलाप नगर्न चेतावनी दिँदै लिखित गरेर घर पठाईएको फर्सीडोल प्रहरी प्रभाग प्रमुख मधुसूदन विष्टले बताए । त्यस्तै वडा अध्यक्ष सुकुराम लामाले बाग्मती पारी काठमाडौं दक्षिणकालीबाट बाँदरको हुल आएर आफ्ना वडाबासीको बालीमा क्षेती गरेको बताए ।
प्रतिक्रिया