यस्तो छ आजको मौसम
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । कोशीका मोरङ, सुनसरी, झापालगायतका केही स्थानमा भारी वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र गण्डकीका एकदुई स्थानमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहनुका साथै मधेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरीको सम्भावना रहेको छ ।
हावा(हुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, बाढीपहिरोको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया