बागमतीको आश्राङ पर्यटनका लागि उत्कृष्ट गन्तव्य
प्रकाश थिङ, ललितपुर ।
बागमती गाउँपालिका राजधानीसँग जोडिएको प्राकृतिक सम्पदाले भरिपूर्ण पालिका हो । भौगोलिक हिसाबले पहाडी क्षेत्र‚ चारैतिर उकाली ओराली नागबेली खोला र झरना भएको पालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि रमणीय स्थल हो । बागमती छेउछेउमा रहेको घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, आश्राङ, गिम्दी, ईकुडोललाई सम्मिश्रण गरेर बनाएको पालिका हो । १११ दशमलब ४९ बर्गमिटरमा फैलिएको पालिकामा पर्यटकलाई लोभ्याउने तामाङ गाउँ‚ मगर गाउँ‚ तिनपाने भन्ज्याङ‚ राडार क्षेत्र‚ गिम्दीको चमेरो गुफा‚ प्युटारको कालेश्रर मन्दिर र बुढीदेवी मन्दिर‚ माल्टाको चमेरो गुफा माझ खण्डको शिव मन्दिर र गुम्बा चैत्यहरू छन् ।
यसैबीच एउटा छुट्न नहुने वडा हो आश्राङ, जुन पालिकाको ६ नम्बर वडा पर्छ। एउटा नमुना वडा बनाउने अभियानमा लागिपरेको वडा अध्यक्ष नारायण बोम्जान बताउँछन् । काठमाडौंबाट कान्तिलोकपथ हुँदै जाँद दुर्इ बाटो भएर आश्राङ्ग पुग्न सक्छौ, छिमेकी वडा प्युटार र अर्को इकुडोलबाटो माझखण्डहुँदै आउँदा प्रकृतिक सुन्दरता, आश्राङ्गको उच्च भू–भाग पोखरी डाँडाबाट तराइको केही भाग र हरियाली पहाड अवलोकन गरी, आश्राङ्ग बेशी झर्ने क्रममा कफि खेती गाउँ बस्ती रमणीय स्थल बेशी बागमती खोला र खोला छेउमा खेतमा विभिन्न अन्नपातदेखि तरकारी जन्य पदार्थका साथै दुध भर्ने र खुवा जोख्ने कार्य दृश्य देख्न सक्छौँ । यसैगरी भालुखोलामा झरनाको सुन्दर दृश्य देख्न सकिन्छ । यहाँ साहसीक खेलको समेत प्रबल सम्भावना रहेको छ ।
स्याउरि गाउँ नमुना गाउँ होम स्टेका लागी अति उत्तम गाउँ भएको आश्रङ कफि खेतीको लागी प्रख्यात स्थान हो । आश्राङ्गमा तामाङ्ग समुदायको बहहुल्यता रहेको छ । केहि माने निर्माण भैसकेको र गुम्बा स्तुपा र मन्दिरको डिपीआर गरि सकेको बुझिन्छ । यहाँको प्रसिद्ध ठाँउ लुकुनि बेशी, चैनपुर, आपचौर घ्याम्पे डाँडा रहेको छ । घ्याम्पे डाँडा आफ्नै कथा रहेको छ । यहाँका बुढा पाकाको भनाइ अनुसार ,घ्याम्पे डाँडा मुनि घ्याम्पे दह थियो । टिकाभैरब मन्दिरबाट बगाएको ग्याम्पे आश्राङको गुमाउरो दहमा घ्याम्पे दहमा रहेको भनाइ रहेको पाईन्छ । यहाँ चट्टानको अनौठो दृश्य र गुफा रहेको छ। यसलाई संरक्षण प्रचार प्रसारको लागि वडा कार्यालय विभिन्न योजनाका साथ अगाडि बढेको वडा अध्यक्ष नारायण बोम्जनले बताए ।
२०५६ मा ग्रामीण पर्यटनको अवधारणा आएपछि बागमतीको तीनपाने भन्ज्याङको राडार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बिस्तारै बढ्दै गएको छ । जहाँ मनोरम दृश्यका साथै स्थानीय कला संस्कृतिले भरिपूर्ण छन् । यहाँ स्वच्छ वातावरणमा स्थानीय युवाहरूको अवधारणामा गाउँ पालिकाले साथ दिएकाले गाउँ गाउँमा होमस्टे सञ्चालनमा ल्याएका छन् । हाललाई मुख्यतः दुई वडामा होमस्टे सञ्चालनमा छन् । जस्ले गर्दा जातजातिका परम्परागत संस्कृति‚ कलाको बारेमा थप ज्ञान लिन सकिनेछ । आश्राङको सबैभन्दा होचो तथा चिसो क्षेत्र टिकाभैरब मन्दिरको खाजन सहितको घ्याम्पो बागमती नदिले बगाएर घ्यम्पे दहमा आइपुगेको भन्ने मान्नेता रहेको छ । त्यस्तै कृषि खेती, कफी खेती‚ भैँसी पालन‚ बाख्रा पालन‚ अदुवा खेती‚ दूध तथा खुवा व्यवसायीको पकेट क्षेत्र पनि मानिन्छ । बागमतीमा पर्यटकलाई कोसेलीका रूपमा घिउ खुवा तथा दूधबाट बनेको परिकार पाइन्छन् ।
आश्राङ जनजातिहरूको विविधताले भरिएको वडा हो । यहाँका आदिवासी जनजातिहरूले वर्षभरिमा विभिन्न मेला‚ जात्रा लगायत सांस्कृतिक चाडपर्वहरू मनाउने गर्दछन् । यहाँका तामाङ‚लगायत अन्य समुदाय लगायतका जातिहरू आफ्ना पहिचान र परम्परागत धार्मिक र सांस्कृतिक धरोहर बचाउन सधैँ अग्रसर देखिन्छन् । मन्दिर र गुम्बा विहारलाई वडाले विकास गर्न तयारी धेरै यस्तो योजना बनाई अगाडि बढिरहेको अध्यक्ष बोम्जानले जानकारी दिए ।
प्रतिक्रिया