सुन तस्करी प्रकरणः दावाका मुख्य सहयोगी भारतबाट पक्राउ

काठमाडौं। ६० किलो सुन प्रकरणमा प्रहरीले थप एक जनालाई भारतबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।
यो प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि सिन्धुपाल्चोकका बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बुधबार काठमाडौं ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
हालसम्म प्रहरीले यो प्रकरणमा २५ जनालाई पक्राउ गरेको छ। यसअघि प्रहरीले गणेश पौडेललाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया