शुक्रबार १८ माघ, २०८१ | Friday, January 31, 2025

एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए । उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।