सभामुख घिमिरेले समितिका सभापतिसँग छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दैछन् । सोमबार बिहान साढे ११ बजेदेखि तय गरिएको छलफल समितिको हालसम्मको कामको प्रगति, समितिमा विचाराधीन विधेयकहरूको अवस्था र आगामी कार्ययोजनामा केन्द्रित हुनेछ ।
सोक्रममा विधेयकको काम अगाडि बढाइनुपर्ने, उस्तै प्रकृतिका विषयवस्तु रहेको अवस्थामा समितिहरूबीचको समन्वय, बैठकमा कोरम नपुग्ने विद्यमान समस्याको अन्त्यका लागि सदस्यहरूको भूमिका विवादरहित र नीतिगत, कार्यान्वयनयोग्य र कानूनसम्वत् निर्णयमा जोडलगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया