शुक्रबार १८ माघ, २०८१ | Friday, January 31, 2025

ललितपुरमा ३ दिनदेखि भीषण आगलागी, डिभिजन वनको सहकार्यमा घर वस्ती जोगाईयो

ललितपुरमा ३ दिनदेखि भीषण आगलागी, डिभिजन वनको सहकार्यमा घर वस्ती जोगाईयो

ललितपुर । 
ललितपुरको दक्षिणी भेगमा ३ दिनदेखि भीषण आगलागी भईरहेको छ । जिल्लाको कोन्ज्योसोम र महांकाल गाउँपालिकाको सीमामा नजिक ठोस्ने खोला पाखामा भीषण आगलागी भईरहेको हो । आगलागी नियन्त्रण बाहिर गईरहेको कोन्ज्योसोम सबडिभिजन वन कार्यालयका फरेष्टर सुनिल आचार्यले जानकारी दिए । ‘विभिन्न ६ वटा स्थानबाट एकै पटक आगलागी भईरहेको छ । आगो नियन्त्रण बाहिरै छ । हामीले मानविय क्षती नहोस् भन्ने उद्देश्यले बस्तीलाई सुरक्षित पारेका छौँ । आगलागी नियन्त्रण गर्ने कोशिसमा छौँ ।’, फरेष्टर आचार्यले बताए । उनका अनुसार महांकाल गाउँपालिका–२ मानिखेल स्थित लक्ष्यबास सामुदायिक वन, सिमसार सामुदायिक वन र टुटुवा डाँडा सामुदायिक वनमा आगलागि भईरहेको छ । 

डिभिजन वन कार्यालय ललितपुरको सहकार्यमा हिजो सोमबार कार्यालयबाट १२ जना अग्निनियन्त्रक दस्ता, कोन्ज्योसोम सबडिभिजन वन कार्यालयका सशस्त्र वन रक्षक सहित, सुर्यदल गणका नेपाली सेना २६ जना इलाका प्रहरी कार्यालय गोटिखेलबाट ८ जना र सामुदायिक वन उपभोक्ता ६२ जना सहित १०८ जनाले विहानबाट साँझ ५ः३० सम्म आगलागी नियन्त्रणको प्रयास भएको थियो । भौगोलिक अवस्थाका कारण आगलागी नियन्त्रणका लागि असहज भईरहेको फरेष्टर आचार्यले जानकारी दिए ।