गोदावरी निकासी करः नगरपालिकाका ९ सहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा, १ अर्ब बिगो माग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित ९ जनागरी १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले विशेष अदालतमा ५ थान मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देविप्रसाद थपलियाले पुष्टि गरेका छन् । आयोगले एउटै शीर्षकमा पाँच वटा मुद्धा दर्ता गरेको हो ।
नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, ४ जना प्रमुख प्रशासकीय अधिकृत, ३ जना राजश्व प्रमुख, ३ जना ठेकेदार र ४ जना क्रसर संचालकविरुद्ध कम दररेट कायम गरी राजश्वमा क्षती पुर्याएको अख्तियारको दाबी छ । अख्तियारले कुल एक अर्बभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
प्रतिक्रिया