शनिबार ०५ माघ, २०८१ | Saturday, January 18, 2025

पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छः शंकर पोखरेल

पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छः शंकर पोखरेल

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता(कार्यकर्तालाई एमालेको चिन्ता नलिन भनेका छन् । सामाजिक सञ्जालमा एमालेविरुद्ध भइरहेको विरोधलाई लक्षित गर्दै उनले पार्टीको परीक्षक चुनावले गर्ने र त्यसका लागि तयार रहेको बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा ९एमाले० को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ(आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ’

एमालेलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिन उनको आग्रह छ ।


‘जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले) ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ’, पोखरेलको भनाइ छ ।

जनताका बीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित भएको भन्दै उनले समृद्ध नेपाल सुखी नेपालीको जन आकांक्षा पूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको जनाएका छन् ।

‘तसर्थ कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ’, महासचिव पोखरेलको भनाइ छ ।