शनिबार ०५ माघ, २०८१ | Saturday, January 18, 2025

अञ्जु पौडेलको डोजर ७ वर्षदेखि देविचौरको जंगलमा, अर्बाै बराबरको प्राकृतिक स्रोतको दोहन

अञ्जु पौडेलको डोजर ७ वर्षदेखि देविचौरको जंगलमा, अर्बाै बराबरको प्राकृतिक स्रोतको दोहन

ललितपुर । 
विगत २०७४ पुषबाट विवादित क्रसर व्यवसायी अन्जु पौडेलले देविचौरको सामाखेलको वन जंगलबाट अर्बाै रुपैयाँ बराबरको प्राकृतिक स्रोतको दोहन गरिरहेकी छन् । उनको बुलडोजर सात वर्षदेखि सामाखेल वनमा खुलेआम अबैध रुपमा उत्खनन् गरिरहेको छ । 

अनौठो के छ भने, उनको बाहुबली रोडा ढुंगा उद्योग नामको उद्योग गोदावरी नगरपालिका लगायत कहीँ कतै दर्ता गरेको देखिँदैन । दर्ता बिनै यत्तिका वर्षदेखि खुलम खुला अबैध रुपमा चल्दा नियामक निकाय भने मुकदर्शक बनेका छन् । सबै तै चुप मै चुपको अबस्थामा रहेको देखिन्छ । दर्ता नभएपछि राजश्व तिर्न परेन । सात वर्षमा करोडौँ राजश्व छलेको समेत देखिन्छ । तर उनको क्रसर र अबैध ढुंगा खानी भने निर्धक्क सञ्चालनमा रहेको छ । 

पछिल्लो समय क्रसर छेउकै सार्वजनिक वनमा अन्जुको डोजर निरन्तर चलिरहेको छ । उनले मच्छिन्द्र मल्टिपर्पाेज प्रालिको क्वायरीको सिमामा पर्ने सार्वजनिक वनमा डोजर चलाईरहेका छन् । जहाँबाट दैनिक ३ सय टिप्पर ढुंगा उत्खनन् गरी बिक्री वितरण गरिरहेको पाईएको छ । केही टोली गुण्डाहरु परिचालन गरेर अन्जुले अबैध रुपमा वन दोहनमा जोड दिईरहेको स्थानीय बताउँछन् । 

एक चिनियाँ नागरिकसँग विवाह गरेकी अन्जुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बनिरहेको ट्याक्सी वेका लागि ढुंगा गिट्टी आपूर्ति  गरिरहेको छ । स्रोतका अनुसार विमानस्थल निमार्णको ठेक्का पाएको छ । ठेकेदार भने अन्जुकै श्रीमान रहेको बुझिएको छ । अन्जुले अहिले कित्ता न ११ को सार्वजनिक जमिन उत्खनन गरिरहेको स्थानीयहरु बताउँछन् । क्रसरबाट निस्किएको धुलो सिधै बागमती नदीमा फाल्दा समेत अनुगमनले नदेखिएको अनौठो नै देखिन्छ । यसरी खुलम खुला रुपमा अबैध कार्यमा संलग्न अन्जुसँग पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।