समातिए सांसद दीपक मनाङे

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे उर्फ राजीव गुरुङ काठमाडौंबाट पक्राउ परेका छन् ।
उनी पक्राउ परेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको गृह मन्त्रालयले जनाएको छ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ ।
प्रतिक्रिया