शनिबार १० फागुन, २०८१ | Saturday, February 22, 2025

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न  प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

ललितपुर । 
ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टिकाभैरबमा रहेको आनन्दवन अस्पतालमा अनावश्यक रुपमा चलेको चलखेलले अस्पतालको भविष्य अनिश्चित बनेको छ । द लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको अस्पतालमा अमुक व्यक्ति हाबी हुँदा अस्पताल, संस्थाको सहायता लगायतको विषयमा समेत अनिश्चितता सिर्जना भएको भन्दै संस्थाकै पदाधिकारीहरु चिन्तित बनेका छन् ।

संस्थामा राष्ट्रिय निर्देशक शोभाखर कँडेलको हाबी हुँदा संस्था झन अप्ठेरोमा पुगेको बताईन्छ । कँडेल आएपछि नै सँस्थाको आरोलो यात्रा सुरुवात भएको बोर्ड सदस्य मध्यका एकले बताए । ‘संस्थामा कँडेलको इन्ट्रि भएपछि सँस्था लथालिंग जस्तै बनेको छ । सँस्थामा उनी हाबी हुँदाको परिणाम बयान गरिनसक्नुको छ । बोर्डको निर्णय विनै उनको रजगज चलिरहेको छ ।’, उनले भने । 

पछिल्लो पटक बाढी पहिरोलाई कारण बनाएर उनकै एकल अडानले आनन्दवनमा बन्न लागेको रिसर्च सेन्टर सार्न प्रकृया थालिएको भन्दै उनीप्रति बोर्डका अधिकांश सदस्य र सहायता दातृ संस्था समेत आक्रोशित छन् । ‘पटक पटक डोनरसँग जुम मिटिङ भईरहेको छ । विना कुनै कारण रिसर्च सेन्टर सार्नु पर्ने कँडेल सरको एउटै स्वर छ । डोनरले जस्टिफाईड कजेज (उपयुक्त वैज्ञानिक कारण) खोजेको छ । तर सरले पेश गर्न सकिरहेका छैनन् । डोनर सरप्रति नेगेटिभ भइरहेको छ ।’

अर्का एक जना वोर्डका सदस्यले असोज १२ को प्रकोपपछि प्राविधिक अध्ययन भएपनि अध्ययनले रिसर्च सेन्टर सोही डिजाइन गरेको आनन्दवनको परिसरमा बनाउन मिल्ने बताए पनि राष्ट्रिय निर्देशक कँडेलले चित्ता नबुझाएको बताए । ‘पहिरोपछि प्राविधिक अध्ययन भएको थियो । अध्ययनले विल्डिङ वनाउन मिल्ने भनिएको छ ।’, ती बोर्ड सदस्यले भने,‘रिटेनिङ वाल बनाएर बनाउन मिल्ने प्राविधिकले भनेपनि सरले भने अस्पताल आउने सडक भासिएको भन्दै आफू प्राविधिक बनेर विल्डिङ बनाउन उपयुक्त नभएको रिपोर्ट बनाउन निर्देशन दिनुभयो । यो गलत हो ।’

राष्ट्रिय निर्देशक शोभाखर कँडेल

बोर्डका दुई सदस्यको कुरा सुन्दा पनि शोभाकरप्रति कोही पनि सन्तुष्ट छैनन । उनको यो पहिलो प्रयास भने होइन । यस अघि पनि अस्पताल कपिलबस्तु सार्ने भनेपछि डोनर असन्तुष्ट बनेका थिए । उनले विभिन्न टिक्डम अपनाउँदै आइरहेका छन् । कँडेलको यो कदमप्रति स्थानीय तीब्र आक्रोशित भएका छन् । 

स्थानीयले विरोध थालेपछि एक विज्ञप्ति सार्वजनिक गर्दे कँडेलले अस्पताल नसर्ने बताए तर अस्पतालका मुख्य शाखाहरु तालिम शाखा, केयर युनिट, रिसर्च ल्याब भने सर्ने बताए । उनले सार्ने भनिएका महत्वपूर्ण शाखाकै कारण अस्पताल चलिरहेकोले त्यस्तो कदम नचाल्न स्थानीयको माग छ । स्थानीयले चेतावनी दिँदै संस्थाले जबरजस्ती गरे जुनसुकै कदम चाल्न सक्ने बताएका छन् । 

कँडेलको एकल निर्णयले बोर्डमा छलफल बिनै, विना जग्गा खरिद समिति निर्माण विना ५ रोपनी जग्गा खरिद गर्न टेण्डर खुलाएको बुझिन्छ । अस्पतालमै बन्न लागिएको अत्याधुनिक रिसर्च सेन्टरका लागि डिपिआर भएको थियो । २३ करोडमा बन्न लागिएको रिसर्च विल्डिङका लागि आएको सहायतालाई चलखेल गर्दै जग्गा खरिद गर्न लागेपछि विवाद चरम चरणमा पुगेको हो । समाज कल्याण परिषदसँग सँस्थाले गरेको पाँच वर्षे योजना सम्झौतामा समेत रिसर्च विल्डिङ अस्पताल परिसरमै बन्नु पर्ने उल्लेख गरिएको छ । 

आनन्दवन अस्पतालमै यस्तो बन्ने रहेछ सुविधा सम्पन्न रिसर्च सेन्टर: