आइतबार २४ चैत, २०८१ | Sunday, April 06, 2025

राजधानीमा गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन

राजधानीमा गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन

 

काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा आज गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।

राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन्, भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्नेछन् ।

समाजवादी मोर्चामा रहेका दलहरुले गणतन्त्रको पक्ष र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

अहिले एसईई र अन्य वार्षिक परीक्षा पनि चालिरहेकाले त्यसलाई समेत मध्यनजर गरिएको बताइएको छ ।

कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन् ।