तीनकुनेबाट सुटुक्क बाहिरिए दुर्गा प्रसाई

काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई तीनकुनेबाट सुटुक्क बाहिरिएका छन् ।
प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी, तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गर्न लाग्दा प्रसाई निजी गाडीमा बसेर सुटुक्क बाहिरिएका हुन् ।
उनी प्रदर्शनकारीलाई उक्साउँदै एक घरभित्र सटरमा बसेका थिए । उनको उक्साहटमा प्रदर्शनकारीले घरहरुमा तोडफोड र आगजनी समेत गरेका थिए ।
प्रतिक्रिया