आइतबार २४ चैत, २०८१ | Sunday, April 06, 2025

राजश्व छलेका क्रसर जगदम्बाको लुट धन्दा, बन्दको मौका छोपी दोब्बर मुल्यबृद्धि

राजश्व छलेका क्रसर जगदम्बाको लुट धन्दा, बन्दको मौका छोपी दोब्बर मुल्यबृद्धि

ललितपुर । 
गोदावरी नगरपालिका–९ स्थित टिकाभैरबमा जगदम्बा क्रसर उद्योग सञ्चालनमा रहेको छ । नगरपालिका भरीका क्रसर उद्योग बन्द हुँदा यो क्रसर उद्योग बन्द भएको छैन । यो समाचार तयार पारिरहँदासम्म क्रसर बन्द छैन । 

‘स्थानीय प्रहरी तथा बन्द कर्ता नगरप्रहरीसमेत किन नदेखे झैँ गरिरहेका छन ?’, एक स्थानीयले बताए । गोदावरी नगरपालिकाले यस क्रसर उद्योग हालसम्म नगरपालिकामा व्यवसाय आवद्ध भएको छैन । आर्थिक वर्ष २०७९ ८० सम्म यस क्रसरले १८ लाख रुपैयाँ राजश्व तिर्नु पर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । 

तर क्रसर भने निर्वाध सञ्चालनमा रहेको छ । क्रसर सुन्दर भन्ने व्यक्तिले सञ्चालन गरेपनि पछाडि अन्य व्यक्ति रहेको हुनसक्ने स्थानीयहरु बताउँछन् ? उनले अहिले निर्माण सामाग्रीको आफूखुसी मुल्यबृद्धि गर्दै दोब्बर दोब्बर बनाएका छन् । यसविषयमा सम्बन्धित निकाय मुकदर्शक बनेका छन् ।