मंगलबार २६ चैत, २०८१ | Tuesday, April 08, 2025

पूर्व राजा शाहको सुरक्षामा १४५ सुरक्षाकर्मी, फिर्ता बोलाउँदै सरकार

पूर्व राजा शाहको सुरक्षामा १४५ सुरक्षाकर्मी, फिर्ता बोलाउँदै सरकार

काठमाडौं । 
पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी कटौती गर्ने वा फिर्ता बोलाउने गरी सरकारले तयार थालेको छ । सरकारले सुरक्षा निकायसँगको छलफलपछि सुरक्षाकर्मी कटौती गर्ने वा फिर्ता बोलाउने निर्णय हुने बताईएको छ । 

पूर्व राजा शाहले पछिल्लो पटक देखाएको गणतन्त्र विरोधी सकृयता र उनकै उक्साहटमा शुक्रबार तिनकुनेमा घटना घटेको भन्दै सरकारले यस्तो निर्णय गर्न लागेको हो । एक उच्च सुरक्षा अधिकारीका अनुसार सरकारले यस विषयमा छिट्टै निर्णय लिन सक्ने बताए । 

हाल उनको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षकको नेतृत्वमा १ सय ४५ जना सुरक्षाकर्मी, ३ वटा सवारी र मासिक २१० लिटर इन्धन दिने गरेको छ ।