आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

बलात्कार गर्न खोज्नेलाई छुटाईदिन्छु भन्दै युवती नै लागेपछि…

बलात्कार गर्न खोज्नेलाई छुटाईदिन्छु भन्दै युवती नै लागेपछि…

काठमाडौं
एक महिलालाई बलात्कार गर्न खोजेको अभियोग लागेका चाईनिज नागरिकलाई थुनामुक्त गरिदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । जबर्जस्ती करणी उद्योग मुद्दामा चाइनिज नागरिक लिउ योउ यहि असार १८ मा पक्राउ परी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका छन् ।
निजलाई थुनामुक्त गरिदिन्छु भन्दै उनकी श्रीमती जिल्ला चितवन रत्ननगर नपा–३ टाँडी घर भई हाल काठमाडौं बुढानिलकण्ठ–१० सुकेधारा बस्ने कमला भुषालसँग ती युवतीले रकम लिई ठगी गरेकी थिईन् ।
काभ्रे पनौती–१० घर भई हाल बुढानिलकण्ठ–१० सुकेधारा शान्तिकोलोनी बस्ने बर्ष २७ की रबिना थापाले मञ्जु ओली समेतको सहयोगमा २० लाख रुपैयाँ लिई ठगी गरेकी हुन् । आफ्नो मान्छे वकिल छन्, उनले न्यायाधिश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई तपाईको श्रीमान् लाई धरौटीमा छुटाई दिन्छु, सेटिङ गर्नको लागि खर्च लाग्छ, मैले भने अनुसार रकम दिदै जानु, तपाईको श्रीमान् लाई निकाली दिन्छौ भनी बिश्वस्त पारेकी थिईन । थापालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।