आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

पानीपोखरी एरियामा गुण्डागर्दी गर्ने जोशी र बस्नेत पक्राउ

पानीपोखरी एरियामा गुण्डागर्दी गर्ने जोशी र बस्नेत पक्राउ

काठमाडौं
काठमाडौंको पानीपोखरी क्षेत्रमा गुण्डागर्दी गर्दै आएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं–७ गगाँहिटि स्थायी घर भई हाल सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र दोलखा भिमेश्वर–५ माटी स्थायी घर भई हाल काठमाडौं बालुवाटार बस्ने ३५ वर्षीय रविन्द्र बस्नेत रहेका छन् । उनीहरुलाई अपराध महाशाखाको विशेष टोलीले मित्रपार्कबाट पक्राउ गरेको हो ।

पानी पोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई हामीहरु यस एरियाका दादा हौं भन्दै हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति २५ हजार का दरले कमिसशन दिनु पर्छ,नत्र मेनपावर चलाउन दिदेनौँ भनि हालसम्म ९० लाख २५ हजार रकम लिइसकेको प्रमाण प्रहरीले पाएको छ ।

हाल लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा गुण्डाहरु जोशी र बस्नेतले कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालकसँग माग गरी पटक पटक धम्की दिदै आईरहेको थियो । उनीहरुले यहि १६ गते मेनपावर कम्पनिमा आई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गरेकोमा सञ्चालकले रकम दिन सक्दिन भन्दा हातपात समेत गरेका थिए ।उनीहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।