मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

चिट चोर्न नपाउँदा शिक्षकमाथि आक्रमण

चिट चोर्न नपाउँदा शिक्षकमाथि आक्रमण

काठमाडौं
परीक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ। मंगलबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी आरआर कलेजमा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्। दाहालका अनुसार शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ। प्रयोगात्मतक परीक्षाका विषयमा विवाद हुँदा एक विद्यार्थीले जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको जनाइएको छ।