मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

आयोगले माग्यो १३ हजार बढी शिक्षक, कुन जिल्लामा कती ? (विज्ञापन सहित)

आयोगले माग्यो १३ हजार बढी शिक्षक, कुन जिल्लामा कती ? (विज्ञापन सहित)

काठमाडौं
प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै शिक्षक सेवा आयोगले विज्ञापन खुलाएको छ। आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ।
माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ। आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ। आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्।