आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

कार्टुनमा ५० लाख अबैध रकम, सौर्य एयरलाइन्सका म्यानेजर पनि पक्राउ

कार्टुनमा ५० लाख अबैध रकम, सौर्य एयरलाइन्सका म्यानेजर पनि पक्राउ

काठमाडौं
चाउचाउको कार्टुन भित्र भेटिएको अवैध ५० लाख रुपैयाँको विषयमा अनुसन्धान भईरहेको छ । उक्त प्रकरणको अनुसन्धानकै क्रममा सौर्य एयरलाइन्सको विराटनगर शाखाका स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धानका लागि एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेसन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेको हो । उनलाई गए राति पक्राउ गरिएको बताइएको छ ।

यसअघि, हिजो दिउँसो विराटनगरबाट काठमाडौंमा आएको सौर्य एयरलाइन्सको जहाजबाट चाउचाउको कार्टुनमा लुकाइएको स्रोत नखुलेको ५० लाख नगद बरामद भएको थियो । सोही रकम लिन आएको अवस्थामा एयरलाइन्सकै कर्मचारी रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।