शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

गुप्तचर प्रमुखमा खरेलको चर्चा

गुप्तचर प्रमुखमा खरेलको चर्चा

काठमाडौं
मुलुकको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको नाम चर्चामा छ । उनलाई आगामी बिहिवार बस्ने मन्त्रिपरिषदको बैठकले गुप्तचरको प्रमुख नियुक्त गर्ने निश्चित भएको बताईएको छ।

हालका गुप्तचर प्रमुख गणेश अधिकारी २३ पुसबाट अनिबार्य अवकाशमा जाने भएपछि बरियतामा अधिकारी पछि रहेका खरेलले उक्त जिम्मेवारी पाउने भएका हुन । खरेल साढे सात महिना संगठनको प्रमुख बन्नेछन् । अहिले प्रमुखको लाईनमा यदुलाल खरेल र यादवप्रसाद रेग्मी छन् । खरेल प्रमुख भएसंगै रेग्मी तीन महिनामै सोही पदबाट उमेर हदका कारण अनिबार्य अवकाश हुनेछन् । उनको दरबन्दी समेत फाजिलमा छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ पुस २०७५ अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउनुका साथै तत्कालिन प्रमुख दिलिप रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाएका थिए ।