आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

ललिता निवास जग्गा अनियमितता प्रकरणः ब्यूरोले बुझायो अनुसन्धान प्रतिवेदन

ललिता निवास जग्गा अनियमितता प्रकरणः ब्यूरोले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं
ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणको अध्ययन प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो।

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए।

उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ् हुनसक्ने बताए।