शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

नाइट क्लबः झगडा सामान्य

नाइट क्लबः झगडा सामान्य

काठमाडौं,
काठमाडौंमा डेढ दर्जन बढी नाइट क्लब र डिस्कोहरु छन् । ठमेलमा मात्र आठ वटा जति नाइट क्लब रहेको ठमेल पर्यटन विकास परिषद्का सचिव एवम् नाइट लाइफका संयोजक दावाङ लामा बताउँछन् । ठमेलमा इबिजा, फेसेस लाउन्ज, फायर, ओएमजी, रकर्स म्याजिक लगायत क्लबहरुमा ग्राहकको भिड लाग्ने गर्छ ।

दरबारमार्गमा डेजाबु, भिक्ट्री, आई क्लब, उडल्यान्ड, जुजुबा प्रख्यात छन् भने सुन्धाराको भेनिस र त्रिपुरेश्वरको कर्मा क्लब ९पुरानो बेबिलोन० पनि डिस्कोका लागि परिचित छ । शुक्रबारकर्मीले एक साता लगाएर काठमाडौंका यी क्लब र डिस्को चहार्दा थाहा भयो–यिनीहरुको बिजनेस पोलिसी नै रहेछ, ‘केटालाई फी र केटीलाई फ्री ।’

‘नाइट क्लब र डिस्को भनेका ग्ल्यामर बिजनेस हुन्, केटीबिना त यो चल्दै–चल्दैन,’ ठमेलका एक क्लब म्यानेजरले नाम नखोलिदिने सर्तमा भने, ‘क्लबमा २० जना केटीसँग २ सय जना केटा अँठ्याएर राख्ने शक्ति हुन्छ । केटी छैन भने त केटाहरु तुरुन्तै फर्किहाल्छन् ।’

झगडा सामान्य

रिपोर्टिङका क्रममा खुल्यो क्लब र डिस्कोमा झगडा त सामान्य रहेछ । ‘क्लबमा झगडा सामान्य हो,’ एक क्लब कर्मचारीले भने, ‘हामी क्लबमा झगडा भयो कि भएन भन्दा पनि आज कतिवटा भयो भनेर सोध्ने गर्छा रु झगडा पनि दुई प्रकार छन् । एउटा सामान्य झगडा, अर्को ठूलो झगडा । हस्पिटलमा भर्ना हुने गरी भएका झगडालाई ठूलो झगडाका रुपमा लिइन्छ ।’ झगडा प्रायःजसो युवतीका निहुँमा हुने गरेको उनले बताए । ‘कहिलेकाहीँ क्लबको पनि गल्ती हुनसक्छ,’ उनले भने, ‘तर हाम्रो पुलिससँग सेटिङ हुन्छ, त्यसैले हामीले जसलाई इसारा गर्छौं उनीहरुलाई नै समातेर लान्छन् ।’

हुक्काको फेसन

केही समयअघिसम्म ठमेलमा हुक्का बेच्न रोक लगाइएको थियो तर अहिले खुला गरिएको छ । अधिकांश क्लब र डिस्कोमा युवायुवती हुक्का तान्दै गरेको देख्न सकिन्छ ।

हुक्का बेच्न नदिँदा व्यापारमा गिरावट भएपछि पुनः खुला गरिएको ठमेल पर्यटन परिषद्का सचिव लामाले भने । ‘यसलाई समयको माग भन्नुपर्ला, यो नराख्दा ग्राहक नै नआउने अवस्था आएपछि फेरि सुरु गरिएको हो,’ उनले भने ।

ग्राहक थरीथरीका

डिस्कोभित्र कस्ता–कस्ता युवतीहरु आउँछन् रु एक क्लब म्यानेजरले सुनाए, ‘कोही सात दिनमा सातै दिन क्लब आउने हुन्छन् । कोही आफ्नै पैसाले खाने हुन्छन्, कोही आफू खाने अनि बिल तिराउनलाई ‘मुर्गा’ खोज्ने गर्छन् । कुरा र मन मिल्यो भने सँगै जान्छन् पनि । कोही त पानी मात्र खाएर नाच्ने अनि घर फर्किएको पनि यही आँखाले देखेको छु ।’