सोमबार २६ कात्तिक, २०८१ | Monday, November 11, 2024

बागमती प्रदेशका मन्त्री फिर्ता बोलाउने तयारीमा काँग्रेस र माओवादी

बागमती प्रदेशका मन्त्री फिर्ता बोलाउने तयारीमा काँग्रेस र माओवादी

काठमाडौं
बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ ।