नेकपा एसको संसदीय दलको बैठक बस्दै
काठमाडौं
बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल सुरु भएसँगै नेकपा एकीकृत समाजवादी (एस)ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालसमेतको उपस्थितिमा काठमाडौंमा शनिबार संसदीय दलको बैठक बस्न लागेको हो।
पूर्वसहमतिअनुसार मुख्यमन्त्री एसका राजेन्द्र पाण्डेले मार्गप्रशस्त गरिदिनुपर्ने भन्दै बागमतीमा काँग्रेस र माओवादी केन्द्रले हस्ताक्षर संकलन गरिसकेका छन् । त्यसपछि दवावमा रहेको समाजवादी शनिबारका लागि संसदीय दलको बैठक बोलाएको हो ।
मुख्यमन्त्री पाण्डेले पद नछाड्ने बताएका छैनन् । तर उनले सत्ता गठबन्धनको निर्णयअनुसार आफू अघि बढ्ने बताएका छन् । यहीबीचमा आजका लागि बोलाइएको संसदीय दलको बैठकबाट समाजवादीले के निर्णय लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
सदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको जानकारी दिइन् ।
प्रतिक्रिया